धान रोपाईं ९५ प्रतिशतभन्दा बढि स्थानमा सकियो

Advertisement

काठमाडौं । कृषि विकास मन्त्रालयले साउन २८ गतेसम्म ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाईं सकिएको जनाएको छ । धान रोपाईंका लागि योग्य १५ लाख ५२ हजार हेक्टर क्षेत्रफलमध्ये १४ लाख ८१ हजार हेक्टरमा धान रोपाई्र सकिएको छ ।

यस बर्ष सयमै मनसुन सुरु हुँदा रोपाईं राम्रो भएको हो । सिचाइको राम्रो सुविधा नहुँदा नेपालका अधिकांश स्थानको धान खेति आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ । यस पटक मध्य पहाडमा भन्दा तराईमा रोपाई चाँडै धेरै ठाउँमा सकिएको छ ।

मन्त्रालयको विवरणअनुसार उच्च पहाडी क्षेत्रमा ९६ दशमलव २६ प्रतिशत रोपाईं सकिएको छ भने तराईमा ९५ दशमलव ८३ र मध्य पहाडमा ९४ दशमलव १० प्रतिशत रोपाई सकिएको छ । सबैभन्दा कम रोपाईं हुने जिल्ला सप्तरी छ । सप्तरीमा ७० प्रतिशत मात्रै रोपाईं भएको छ । अधिकांश जिल्लाहरुमा ९० प्रतिशतभन्दा बढि छ ।

Advertisement

Advertisement

Advertisement