सुपर मादीलाई लगानी जुट्यो, आठ बैंकले आठ अर्ब ७५ करोड लगानी गर्ने

Advertisement

काठमाडौ । चौवालिस मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकहरुले आठ अर्ब ७५ करोड रुपियाँ लगानी गर्ने भएका छन् ।

बिहीबार आयोजित कार्यक्रममा वित्तिय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र सुपर मादी हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले हस्ताक्षर गरे ।

आयोजना बनाउन लागत सात अर्ब ६५ करोड रुपियाँ रहेको छ । कास्कीको मादी गाउँपालिकामा आयोजनास्थल रहेको सो जलविद्युत् आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनामा सानिमाले एक अर्ब २५ लाख, एनआइसी एसिया बैंकले ८५ करोड, एनसीसी बैंकले ७५ करोड, सनराइज बैंकले ७५ करोड, कुमारी बैंकले ७० करोड, कृषि विकास बैंकले ६० करोड, राष्ट्रिय वाणिज्य बैंकले ६० करोड र प्रभु बैंकले ५० करोड रुपियाँ लगानी गर्नेछन् । बाँकी रकम भने लगानीकर्ताले नै लगानी गर्ने कार्यकारी अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement