गर्भमा रहेको बच्चा १७ महिनापछि जन्मियो

Advertisement

एजेन्सी । धेरैलाई थाहा भएकै कुरा हो महिलाले गर्भ रहेको ९ महिनामा बच्चा जन्माउन्छिन् । तर कतिपय अवस्थमा भने गर्भ सात, आठ वा एघार महिनामा पनि बच्चा जन्मिएको सुनिने गर्छ । तर, चीनमा भने एक महिलाले यो रेकर्डलाई तोडेकी छिन् । सुन्दा जोसुकैलाइ पनि अचम्म लाग्न सक्छ की ती महिलाले गर्भ बोकेको १७ महिनापछि एक सन्तानलाई जन्म दिएकी छन् । २०१५ को फ्रेबुअरीमा उनको गर्भ रहेको थियो ।

त्यसको ५ सय १७ दिन अर्थात १७ महिना वितेपछि ती युवती सन्तान जन्माउन सफल भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । चीनको हुनान प्रान्त घर भएकी वाङ सी नाम गरेकी ती युवती गर्भ रहेको ९ महिनापछि बच्चा जन्माउन भन्दै अस्पतालमा पुगेकी थिइन ।

तर डाक्टरहरुले गर्भमा राम्रोसँग सालनालको विकास नभएको भन्दै घर फर्काइदिएका थिए । त्यसपछि उनी पुनः १४ महिनापछि अस्पताल पुगिन तर त्यो बेला पनि चिकित्सकहरुले बच्चा जन्माउने समय आइनसकेको भन्दै फर्काएका थिए ।

गर्भमा बच्चा रहेको १४ महिनासम्म पनि सुत्केरी हुन नपाएकी ती महिलाले १७ महिना पछि एक स्वस्थ शिशु जन्माउन सफल भइन । सो बच्चाको तौल ३ किलो ८ सय ग्राम रहेको थियो । यस अघि सन् १९४५ मा अमेरिकाकी एक युवतीले ३ सय ७५ दिनपछि बच्चा जन्माएकी थिइन् ।

Advertisement

Advertisement

Advertisement