राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच बैकिङ तालिम सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच बैंकिङ तालिम गर्ने सम्बन्धि सम्झौता भएको छ ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता पश्चात चालु आर्थिक वर्षमा एनबीआईले बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिको लागि विभिन्न विषयमा नियमित तालिम प्रदान गर्ने भएको छ ।

बैंकले हाल ७४ जिल्लामा दुई सय छ शाखा कार्यालयहरु, एक सय ३५ एटीएम, ९३ शाखारहित बैंकिङमार्फत सेवा दिंदै आएको छ । गत आर्थिक वर्षको मसान्तसम्मा बैंकले एक खर्ब ६९ अर्ब रुपियाँ निक्षेप संकलन गरी एक खर्ब २१ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको छ । बैंकले कर्जा लगानीबाट चार अर्ब ३२ करोड रुपियाँ खुद मुनाफा गरेको छ ।

Advertisement

Advertisement

Advertisement