जलविद्युतको सेयरमार्फत जनतालाई पेन्सन दिन्छौंः मन्त्री पुन

Advertisement

काठमाडौं। नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीको लगानीमा ६० मेगावाटको मोदी जलविद्युत आयोजना निर्माण गर्ने घोषणा गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिक उत्सवमा आयोजित कार्यक्रममा बोल्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका गरेका हुन् ।

मन्त्री पुनले ४२ मेगावाटको अपर मोदी ए र १८ मेगावाटको अपर मोदी गरी ६० मेगावाट जलविद्युत उत्पादनमा नेपाल विद्युत प्राधिकरणमा कार्यरत सबै कर्मचारीको समान शेयर हालेर निर्माण गरिने बताए ।

हाल नेपाल विद्युत प्राधिकरणका ९ हजार स्थायी र ३ हजार ज्यालादारी कर्मचारी रहेका छन्।

‘नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु अब अन्य कम्पनीको शेयर भर्न दौडिन पर्दैन।‘ मन्त्री पुनले भने, ‘राम्रोसँग काम गर्नुस्। प्रतिव्यक्ति तीन लाख रुपैयाँ शेयर पउनेगरि एउटा आयोजना नै अघि बढाइदिन्छौ।’

सरकारले राम्रो प्रतिफल दिने आयोजना छनौट गरिसकेको भन्दै पुनले अब त्यस्ता आयोजनामा लगानीको अवसर दिएर स्थायी काम गर्ने कर्मचारीले पेन्सन पाए जस्तै काम नगर्ने नेपालीलाई जलविद्युतको शेयरबाटै पेन्सन दिने योजनामा आफु लागेको बताएका छन्।

आधुनिकीकरणससँगै तीन पुस्ताको साटो दुई पुस्ता पनि सँगै बस्न नपाएको भन्दै बुढेसकालमा सहज जीवन यापनकालागि अहिले राम्रो जलविद्युत आयोजनामा शेयर हाल्न पनि उनले सल्लाह दिए ।

अब निकट भविष्यमै जलविद्युत आयोजनामा सकेजति शेयर हाल्न पाइने गरि सरकारले जलविद्युत आयोजनाहरु अगाडी बढाएको पनि पुनले दाबी गरे ।

Advertisement

Advertisement

Advertisement