सिटिजन्स बैंकको ब्राण्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले नयाँ खाता योजना ल्याएको छ । बैंकले प्रदेशका नेपालीलाई लक्षित गर्दै खाता सञ्चालनमा ल्याएको हो ।

एक सय रुपियाँ न्युनतम मौज्दातमा नयाँ खाता खोल्न सिकने बैंकले जनाएको छ । यस किसिमको खातामा बैंकले अन्तर शाखा बैंकिङ सेवा, मोबाईल बैंकिङ, अनलाईन कारोबार र डेबिट कार्डमा निःशुल्क सेवा दिने भएको छ ।

त्यस्तै बैंकले लकर शुल्कमा र विदेशि मुद्रामा ड्राफ्ट तथा स्वीफ्ट जारी गर्दा ५० प्रतिशत छुट दिने भएको छ । यसैगरी बैंकले त्रैमासिक रुपमा व्याज दिनेगरी दैनिक मौज्दातमा सात प्रतिशत व्याज दिने भएको छ ।

बैकले ब्राण्ड एम्बेसडरको रुपमा नेपालको राष्ट्रिय क्रिकेट टिमको खेलाडी ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement