न्युनतम करलाई बढाइचढाई भन्नेलाई ठाउँको ठाउँ कारवाही गर्छु : मुख्यमन्त्री पौडेल

Advertisement

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानिय निकायलाई सचेत गराउँदै अनधिकृतरुपले कर बढाउने स्थानीय निकायलाई कडा कारवाही हुने बताउएका छन् । । आज मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा सरकारले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने जो कोही लाई पनि कारवाही गर्ने संकल्प लिए ।

उनेले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले अब छिट्टै त्यसमा छानबिन हुन्छ, अनावश्यक कर बढाउन दिइँदैन । अनधिकृत रुपमा कर बढाएको पाइएमा उसले प्राप्त गर्ने सबै सुविधाहरु रोकिने छ ।” प्रदेश ३ को सरकारले गरेको राम्रा र गतिला कामको प्रचार प्रसार गरिदिनलाई सञ्चार कर्मीलाई आग्रह समेत गरे ।

त्यस्तै कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले देवानी तथा फौजदारी संहिताको विरोध गर्नुको कुनै पवनि कारण नभएको बताए । । उनले भने, “जस्ले जे गरे पनि हुन्छ भन्ने मानसिकता नै गलत हो ।” आजदेखि लागू हुनेगरी आएको ऐनले केही न केही रुपमा राजनीतिक परिवर्तनको गतिलाई पकड्न खोजेको दाबी गर्दै उनले यस ऐनको विरोध गर्नुभन्दा पनि कार्यान्वयनमा सबैले साथ दिनुपर्नेमा जोड दिए।

स्वास्थ्यकर्मीहरुलाई लक्षित गर्दै मन्त्री जमकट्टेलले भने “कसैको ज्यान बचाउन धेरै धर्मको कार्य हो, तर दायाँ खुट्टामा चोट पटक लाग्दाँ बायाँ खुट्टाको पनि अप्रेशन भएको भेटिएको छ ,घाँटीको बिरामीलाई घाटीको अप्रेशन नगरी पाठेघर झिकेर फालिएको पनि भेटिएको छ । जे पनि गर्न पाइने त होइन नि ।”

कार्यक्रममा ३ नं प्रदेशका सभामुख, मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरु, सुरक्षा निकायका लगायत उच्च पदस्थ अधिकारीहरु, कानून क्षेत्र विशिष्ट व्यक्तित्व तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

Advertisement

Advertisement

Advertisement