एनएमबि बैंकले १५ प्रतिशत बोनस सेयर दिने

Advertisement

काठमाडौं । एनएमबि बैंकको १५ प्रतिशत बोनस सेयर र नगद लाभांस प्रस्ताव पारित भएको छ । बैंकको बिहिबार सम्पन्न भएको साधारण सभाले लाभांस पारीत गरेको हो ।

बैंकले सेयर धनिहरुलाई गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र शुन्य दशमलव ७८९५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर पश्चात बैकको चुक्ता पुँजी आठ अर्ब ७४ करोड रुपियाँ पुग्ने छ । हाल बैंकले एक सय १० शाखा कार्यालयहरु, चार वटा एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement