अर्थमन्त्रीको जिकिर– कर बढ्या छैन, झन घट्या छ, ‘घाँस खाएर पनि दुध नदिए खुट्टे लगाउन जान्याछौं’

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूहरुले कर नबढाएको, बरु घटाएको जिकिर गरेका छन् ।

विशेषगरी स्थानीय निकायहरुले आफूखुशी चर्को कर अशुल गर्न थालेपछि सरकारको चर्को आलोचना भइरहेको बेला अर्थमन्त्रीले भने– आज करको बोझ बढि छैन । अझ हिजोको भन्दा कम छ । पञ्चायत कालमा सम्पत्ति कर अहिलेको भन्दा चर्को थियो ।

खतिवडाले विगतमा जनप्रतिनिधि नहुँदा स्थानीय तहमा लगाउनुपर्ने कर नलगाइएको र अहिले लगाउँदा धेरै जस्तो भएको तर्क गर्दै एकीकृत सम्पत्ति कर अल्लि बढि भयो कि जस्तो देखिए पनि वास्तवमा बढी सम्पत्ति हुनेले बढि र कम सम्पत्ति हुनेले कम तिर्ने गरी प्रगतिशील कर प्रणाली लागू गरिएकोले त्यो पनि बढि नरहेको तर्क गरे ।

उनले भने– एकीकृत सम्पत्ति कर लगाउने कुरालाई गलत भन्न मिल्दैन । बढी सम्पत्ति हुनेले बढि तिर्ने हो, कम हुनेले कम । हामीले कर अधिकारमा नभएको कर नउठाउनु भनेर स्थानीय तहलाई भनि पनि सकेका छौं । सँगसँगै अर्थमन्त्री खतिवडाले दोहोरो कर लागेको विषयमा अध्ययन गर्न प्रधानमन्त्री आफैले मन्त्रिपरिषदले दुई वटा छानविन समिति बनाएकोले त्यसले दिएको सुझावका आधारमा करको समस्या समाधान गरिने बताए ।

करको विषयले संघीयतासँग सम्वन्ध नराख्ने उनको तर्क छ । करका कारण संघीय व्यवस्था नै संकटमा पर्नसक्ने पत्रकारहरुको जिज्ञासामा खतिवडाले करले राजनीतिक व्यवस्था फेरबदल हुन नसक्ने जिकिर गर्दै संघीयता विरोधहरुले धमिलो पानीमा माछा मार्न करको विषयलाई प्रयोग गरेको आरोप लगाए ।

कर अशुलीको विषय गाईलाई घाँस खान र आराम गर्न नदिई दुघ दुहुन मिल्छ भनी सोधिएको प्रश्नमा उनले भने– घाँस खाएर पनि दुध दिएन भने त्यस्तो गाईलाई खुट्टे लगाएर पनि दुहुन जानिएको छ ।

Advertisement

Advertisement

Advertisement