‘नयाँ मुलुकी ऐन हेर्दा लाग्छ शासकहरु ‘विवेकशील मानव’, जनता भनेका ‘भेंडा, जंगली’ हुन’

Advertisement

काठमाडौं । राजनीतिक, आर्थिक, सामाजिक विृकतिहरुको कटु र मर्मस्पर्शी विश्लेषण गर्ने मौसमविद् डा. अम्बरिस पोखरेलका विचारहरु सामाजिक सञ्जालहरुमा नियमितरुपमा पढन पाइन्छ । पछिल्लो समयमा नयाँ मुलुकी ऐनका विषयमा उनले टिप्पणी यस्तो छः

नयाँ मुलुकी ऐनले तत्काल कसको हित गर्दै छ ? गम्भीर भएर सोच्नुपर्ने देखिदैन र ?

१) नयाँ मुलुकी ऐन सुन्दा र पत्रिकाको लेखनअनुसार यस्तो लाग्छ, यो देशका जनता भनेका भेंडा, जंगली हुन । कानुन, सदाचार र मानवता थाहा नभएका वा पालना नगर्ने पशुहरु हुन ।

२) तर यो देशका शासकहरु र तिनीहरुले पालन पोषण गरेर राखेका सबै ‘विवेकशील मानव’ हुन । सदाचार र मानवताका महान पुजारीहरु हुन ताकी तिनीहरुले कहिल्यै पनि गल्ति गरेको इतिहास समेत छैन र हुने पनि छैन ।

३) कसको कारणले नेपाल देश र नेपाली समाजको अधोगति भइरहेको छ ? कर्तव्यबोध कसले बढि गरेको थिएन र छैन ? पदमा रहेका र रहनेवालाहरुलाई जसले आफ्नो न्यूनतम् कामसमेत गरेन वा गर्ने छैन । कसले कारवाही गर्छ होला वा जेल हाल्छ होला ?

४) यसरी हामीमाथि जवरजस्ती गरियो भने ढिलो चाडो समाज झन बिखन्डित हुनेछ । जनतामा झन ठूलो आक्रोस स्वतः पैदा हुनेछ । परिणाम, यहाँ आन्तरिक सङघर्ष लामो समय रहने छ ।

५ संसारमा नेपाली जनता वदनाम हुने छन । परिणाम स्वरूप विदेशमा रहेका नेपालीहरु अपमानित हुनु पर्ने छ । शासकहरु अपमानित हुनु र आम जनता अपमानित हुनुमा आकास जमिनको फरक छ । जहाँका जनता अपमानित हुन्छन त्यो देश माथि लाग्दैन ।

६) नया मुलुकी ऐन लागू गर्नुअघि आमजनतालाई केही समय र त्यो अनुसारको भौतिक, मानसिक र शैक्षिक आदि तयारी किन गरिएन ? यसको नराम्रो असर छिटै देखिने छ। थुप्रै निर्दोषहरु जेल जाने छन भने मानवता विरोधीहरु अर्थात् अपराधीहरुको झन ठूलो रजाईं हुनेछ । तिनीहरुका विरुद्धमा वोल्ने, लेख्ने र उजुरी गर्नेहरु नै जेल वा जरिवाना जानेछन र तिर्नुपर्ने छ ।

७) यसको समीक्षा कसले गर्ने ? गर्नु पर्ने कि नपर्ने ? यसको जिम्मेवारी कसले लिने हो ? छ कुनै निकाय यो देशमा ? छ भने कुन कुन निकाय छन होला ? नैतिकता, कर्तव्यबोध र सदाचारको प्रशिक्षण विनाको कानुन स्वयम अन्धो हुन्छ ।

८) अन्धा कानुनले कसलाई, कहाँ, कहिले र कुन कसुरमा फसाउने छ कसैले भन्न सक्ने कुरा रहेन ।

९) त्यसैले हामी नेपाली सबैले सामुहिक माग गरौं तत्काल लागू नगर भनेर । यसको प्रयोग गर्ने निश्चित बर्ष तोकौं ताकी नेपालीसमाज झन गतिशील वनोस् ।

१०) सरकार विवेक प्रयोग गर र आम जनताको संरक्षण गर ।

Advertisement

Advertisement

Advertisement