नयाँ उत्पादनसँगै अलैंचीको मूल्यमा सुधार

Advertisement

पाँचथर । पहाडी जिल्लाका किसानका लागि मुख्य आयस्रोतको रुपमा रहेको अलौंचीको मूल्यमा सुधार देखिएको छ । बीहिबारको तुलनामा शुक्रबार प्रतिमन पाँच हजार रुपियाँले मूल्य बढेको अलैंची व्यापारीको भनाइ छ ।

पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालका अनुसार शुक्रबार प्रतिमन ३० हजार रुपियाँदेखि ३२ हजार रुपियाँसम्म अलैंची कारेबार भएको छ ।

अलैंची व्यापारमा भारतको एकाधिकार रहेकोले मूल्य सुधार भएकोमा ढुक्क हुन सहिने अवस्था नभएको अलैंची व्यावसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारीले बताए । एकैपटक मूल्यमा सुधार भएको र अस्थिर मूल्य भएका कारण यही मूल्य कायम होला भन्न नसकिने उनले बताए ।

वर्षको शुरुदेखि नै अलैंचीको मुल्यमा भारी गिरावट आएको थियो । वर्षको अन्त्यसँगै नयाँ उत्पादन शुरु भएपछि मूल्यमा सुधार आउने संकेत देखिएको व्यापारीहरु बताउछन् ।

नेपालमा अलैंची उत्पादनको सम्भावना खोजी गर्दै चिनियाँ टोली भित्रिएपछि मूल्यमा सुधार आएको बताइएको छ । अलैंचीको अनुसन्धान गर्न चिनियाँ टेली शुक्रबार ताप्लेजुङ पुगेको छ ।

अलैंची खेतिको विस्तार र उत्पादन बढेसँगै यसको मूल्यमा भारी गिरावट आएको थियो । किसानहरुले प्रतिमन एक लाख रुपियाँसम्ममा अलैंची बिक्री गरेका थिए तर उक्त भाउ घटेर २६ हजार रुपियाँसम्ममा कारोबार भएको थियो । तेस्रो मुलुकसम्म निर्यात गर्न सकिए अलैंचीबाट उच्च प्रतिफल लिन सकिने अनुमान गरिएको छ ।

नयाँ उत्पादन शुरु भएसँगै अलैंचीको मूल्यमा सुधारको संकेत देखिएपछि किसान र व्यापारीहरु खुसी देखिएका छन् ।

Advertisement

Advertisement

Advertisement