दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि दरखास्त आव्हान, दिगम्बरलाई पुर्नवाहली गर्ने प्रयास असफल

Advertisement

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सरकारले दरखास्त आवहान गरेको छ । शनिवार गोरखापत्रमा सार्वजनिक विज्ञापन गर्दै सरकारले प्राधिकरणमा अध्यक्ष नियुक्तिको लागि प्रक्रिया शुरु गरेको हो ।

निर्वाचन आचारसंहित लागू भएपछि दिगम्बर झालाई नियुक्त गरेको भन्दै केपि ओली नेतृत्वको सरकारले हटाउने निर्णय गरेपछि प्राधिकरण नेतृत्व विहिन भएको थियो ।

केही दिन अघि प्राधिकरणको अध्यक्षमा दिगाम्बर झालाईनै पुनः नियुक्त गर्न लागिएको भन्ने हल्ला चलेको थियो । स्रोतका अनुसार सञ्चार तथा सुचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको इच्छा विपरित झाको पुर्नवाहली गराउने प्रयास गरेका थिए । कतिपयले यस आव्हानलाई पनि झालाई नै पुर्नवाहली गराउने खेलको रुपमा व्याख्या गरेका छन् ।

राजनिति बृत्तमा सहजै पहुँच पुर्याउन सक्ने झाले यस अघि दुई पटकसम्म प्राधिकरणको अध्यक्ष पद हात पर्न सफल भए पनि यस पटकभने बाजी मार्न सकेनन् । कार्यकारी अध्यक्ष पद खाली हुँदा प्रधिकरणले थालेका कतिपय कामहरुमा प्रगति हुन नसकेको प्रधिकरणका कर्मचारीहरु बताउँछन् ।

सूचनामा भनिभएको छ, ‘कम्तिमा स्नातक उपाधि हासिल गरी दूरसञ्चार क्षेत्रमा १० बर्ष काम गरेको अनुभव, उमेर ३० देखि ६५ वर्ष हुने पर्ने छ ।’

त्यस्तैगरि, सरकारी सेवा वा सार्बजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीका हकमा राजपत्राङ्कित प्रथम श्रेणी, दसौं तह वा त्यसभन्दा माथिल्लो पदमा काम गरेकाले पनि आवेदन दिन पाउने छन् ।

अध्यक्षमा आवेदन दिनेले ५ पृष्ठको व्यवसायीक कार्ययोजना समेत पेश गर्न पर्ने छ भने कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र (पीआर) नलिएको स्वघोषणा समेत गर्नु पर्ने छ ।

आवेदन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय संस्थान समन्वय शाखा सिंहदरबारमा बुझाउन सकिने सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement