पर्यटक आगमनमा ७३ दशमलव ५ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । गत जुलाई महिनामा नेपाल आउने विदेशी पर्यटकहरुको संख्या अघिल्लो बर्षको सोही अवधिको तुलनामा ७३ दशमलव ५ प्रतिशतले वृद्धि आएको छ । अघिल्लो बर्षको जुलाई महिनामा कुल ४२ हजार दुई सय ४० विदेशीहरु नेपाल घुम्न आएकामा यस जुलाइमा उक्त संख्या बढेर ७३ हजार पुगेको छ ।

अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०१८ को जनवरी देखि जुलाई सम्ममा नेपाल घुम्नका लागि आउने पर्यटको संख्या पाँच लाख ९३ हजार २ सय ९९ पुगेको छ । यो तथ्याङ्क अघिल्लो बर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढि हो ।

सन् २०१८ को जुलाइमा भारतबाट आउने पर्यटकको संख्या ८० दशमलव ४ प्रतिशतले बढेर १८ हजार ३ सय ८५ पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा १० हजार १ सय ९३ भारतीयहरु नेपाल घुमेका थिए ।

दक्षिण एसियाली देशहरुबाट नेपाल आउने पर्यटकको संख्यामा पनि ६६ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा दक्षिण एसियाली राष्ट्रहरुमध्य बंगलादेशबाट आउने पर्यटकको संख्यामा भने ९ प्रतिशतले कमि आएको छ ।

त्यसै गरि सोही अवधिमा चीन बट आउने पर्यटकको संख्यामा १२५ दशमलव ४ प्रतिशतले वृद्धि अएको छ । अघिल्लो बर्षको जुलाईमा पाँच हजार ८२३ चीनीयाहरुले नेपाल घुमेकोमा यस बर्ष तेर्ह हजार १२३ चीनीयाहरु नेपाल आएका छन् ।

सार्कका सदस्य बाहेक अन्य एसियन मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्या पनि ८६ दशमलब २ प्रतिशतले बढेको छ । त्यसैगरि जापान र दक्षिण कोरियाबाट आउने पर्यटकको संख्या पनि क्रमशः ३६ प्रतिशत र २१ दशमलब ९ प्रतिशतले वृद्धि भएको छ ।

जुलाई महिनामा युरोपबाट आउने पर्यटकको संख्या ५४ दशमलव १ प्रतिशतले बढेको छ । तर अष्ट्रीयाबाट आउने संख्यामा भने ७२ दशमलब ६ प्रतिशतले कमि आएको छ । यसबाहेक अमेरिका, क्यानडा, न्यूजिल्याण्डबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement