छाता ओढ्दा जागिर चट्

Advertisement

बीबीसी । तपाईले कल्पना गर्नुभएको छ, घामबाट बच्नका लागि चश्मा लगाएर छाता ओड्दा जागिर जान सक्छ भनेर तर चीनकी एक टेलिभिजन पत्रकारले चश्मा लगाएर छाता ओढेका कारण जागिर गुमाउनु परेको छ।

चीनको सियामेन शहरमा एक मानिससँग अन्र्तवार्ता लिने क्रममा ती महिला पत्रकारले घामबाट बच्नका लागि चश्मा लगाएर छाता ओढेकी थिइन् । अन्र्तवार्ता दिने व्यक्ति हाफ टिसर्ट र क्याप लगाएको तर उनीभने चश्मा लगाएर छाता ओढ्दै प्रश्न सोधिरहेको भन्दै उनलाई धेरै मानिसहरुले आलोचना गरेका छन् । नको यो तस्बिर सोसल मिडियामा रातारात भाइरल बन्यो, धेरैले उनलाई अव्यवहारिक भएको भन्दै टिका(टिप्पणी गर्न थाले।

सियामेन टिभी स्टेशनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ हाम्रो एक पत्रकारले कम्पनीको नियम पालना गरिनन् र अन्र्तवार्ता राम्रोसँग लिन सकिनन्।’‘यसले पत्रकारको छवीलाई बिगारेको छ र मानिसहरुमा नकारात्मक सन्देश पुगेको छ, ’ उक्त टेलिभिजन स्टेसनले बतायो। उनले चीनको वेबो नेटवर्कमा सकारात्मक र नकारात्मक दुबै टिप्पणी पाएकी छिन्।

उक्त फोटो पहिलो पटक अनलाइनमा रिपोस्ट गर्ने यानपिङ जाङले ती पत्रकारलाई आफूले सोचेभन्दा ठूलो सजायँ दिएको बीबीसीलाई बताएकी छिन् । फोटो कसले र कहिले खिचेको भन्ने बारे आफूलाई पनि थाहा नभएको बताउने जाङले ‘सजायँ निकै नै क्रुर’ भएको बताइन्।

‘मलाई लाग्छ, ती पत्रकारलाई पहिले मौखिक चेतावनी दिनु पर्दथ्यो,’ उनले भनिन्।

‘ एउटा पत्रकारले चश्मा र छाता ओढेर कुनै मानिसको अन्र्तवार्ता लिन्छ भने त्यसले अर्को व्यक्तिको अपमान गरेजस्तो देखिन्छ भन्ने उद्देश्यका साथ उक्त फोटो सेयर गरेको थिएँ’, यानपिङले बताइन्।

‘तर मानिसहरुले उनलाई सोसल मिडियामा निकै नराम्रो भनिरहेका छन् । मेरो यस्तो उद्देश्य थिएन । म निर्दोष छु। मलाई ती पत्रकार महिला को हुन् भन्ने बारे पनि थाहा छैन, ’ उनले आफ्नो दुखेसो व्यक्त गगेकी थिइन् ।

Advertisement

Advertisement

Advertisement