एनआईसी एसियाका ग्राहकले नर्भिकमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने

Advertisement

काठमाडौं । एनआईसी एसिया बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच उपचारमा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरुलाई नर्भिक हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर जयेन्द्र रावल र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका थिए ।

बैंकको वासलातको आकार एक खर्ब ८१ अर्ब रुपियाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब एक खर्ब ५३ अर्ब रुपियाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक भएको दावी गरेको छ । साथै कुल कर्जा करिब एक खर्ब २४ अर्ब रुपियाँ सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकको दावी छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement