नेपाल ग्यासले ल्यायो आगलागीमा पनि नपड्कने सिसिलन्डर

Advertisement

काठमाडौं । नेपाल ग्यासले आइतबारदेखि आगलागी हुँदा पनि नपड्कने सिलिन्डर(कम्पोजिट सिसिन्डर) बजारमा ल्याएको छ । उपभोक्ताको सुरक्षाका लागि कम्पोजिट सिलिन्डर बजारमा ल्याएको कम्पनीका कार्यकारी अधिकृत गुणचन्द्र विष्टले वजनाकारी दिए ।

नेपाल ग्यासले दुईथरीका कम्पोजिट सिलिन्डर ल्याएको छ । जसमा पाँच किलोको र १४ दशमलव २० किलोको रहेको छ । यस अघि कम्पनीले फलामे सिलिन्डर बिक्री गर्दै आएकोमा उक्त सिलिन्डर ग्यास चुहावट हुँदा पड्कन सक्ने उच्च जोखिम थियो ।

हाल कम्पनीले ल्याएको सिलिन्डर ग्यास चुहावट हुँदा वा आगलागी हुँदा पनि नपड्कने अधिकृत विष्टले बताए । कम्पनीले हाल ल्याएको सिलिन्डरमा ग्यास चुहावट हुँदा वा आलागी हुँदा त्यसमा भएको सबै ग्यास बलेर सकिने तर सिलिन्डर नपड्कने उनले जनाकारी दिए ।

कम्पनीले कम्पोजिट सिलिन्डर बजारमा ल्याए पनि पुरान फलामे सिलिन्डरको बिक्री वितरणलाई कायम राख्ने जनाएको छ । माग अनुसार कम्पोजिट सिलिन्डर बिक्री गरिने तथा पुराना सिलिन्डरलाई पनि निरन्तरता दिने अधिकृत विष्टले जनाकारी दिए ।

Advertisement

Advertisement

Advertisement