इन्धनको मूल्य फेरि बढ्यो, एलपी ग्यासमा मात्रै मूल्य यथावत

Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा १, डिजेल र मट्टीतेलमा २।२ रुपियाँ मूल्य वृद्धि गरेको हो ।

अब प्रतिलिटर पेट्रोल १११, डिजेल र मट्टीतेल ९५ रुपियाँ तिर्नुपर्नेछ। त्यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर चार रुपियाँ ५० पैसा र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिब्यारेल ५० डलर वृद्धि गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने यतावत राखिएको छ।

स्वचालित मूल्य प्रणाली भन्दै यसअघि पनि लगातारजसो इन्धनको मूल्य बढाउँदै लगेको छ । बढाउनुको कारण अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिलाई कारणको रुपमा देखाइएको छ ।

Advertisement

Advertisement

Advertisement