पूर्वराजदूत शंकास्पद अवस्थामा आफ्नै घरमा मृत फेला, टाउकोमा चक्कुले हानेको अवस्थामा शव भेटियो

Advertisement

काठमाडौँः फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको उनकै निवास बबरमहलमा हत्या भएको छ । झाको आफ्नै घरको कोठामा टाउकोमा चक्कुले हानेको अवस्थामा शव भेटिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाका अनुसार चक्कु पनि उनको टाउकोमै गाडिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन् ।

असी वर्षीय झाको शव घरमै शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान अघि बढाइएको भन्दै थापाले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । चक्कुले टाउकोमा प्रहार गरिएकाले हत्या वा आत्महत्या के हो ? अनुसन्धान भइरहेको जनाइएको छ ।

झा सुत्ने गरेको कोठा बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए । महानगरीय प्रहरी परिसरको टोली पुगेर ढोका खोल्दा झा मृत अवस्थामा भेटिएका थिए ।

पत्नी र सहयोगीसहित आफ्नो घरमा बस्दै आएका झाले तीन दशकभन्दा बढि परराष्ट्रमा सेवा गरेका थिए ।

Advertisement

Advertisement

Advertisement