बजार अनुगमन टोलीलाई तरकारी व्यापारीले थुनेपछि छुटाउन मन्त्री आफै पुगे कालिमाटी

Advertisement

काठमाडौं । अनुगमन गर्न आएको सरकारी टोलीलाई तरकारी व्यापारीहरुले नियन्त्रणमा लिएपछि छुटाउन मन्त्री आफै कालिमाटी तरकारी तथा फलफुल बजार पुगेका छन् । उनीसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी पनि दलबलसहित तरकारी बजार आइपुगेका छन् ।

बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव आएसँगै व्यापारीको नियन्त्रणमा रहेका अनुगमन टोलीका सदस्यहरु मुक्त भएका छन् भने प्रहरीले केही तरकारी व्यापारीलाई नियन्त्रणमा लिएको छ । व्यापारीहरुले भने अनुगमनमा नाममा सरकारले आफूहरुलाई दुःख दिएको गुनासो गरेका छन् ।

बिहान बजार अनुगमन गर्न आएको सरकारी टोली र सरकारी व्यापारीबीच विवाद उत्पन्न भएको थियो । अनुगमन टोली नियन्त्रणमा परेको थाहा पाएपछि यादव कालिमाटी आएका थिए । पक्राउ पर्ने व्यापारीहरुमा भरत खतिवडा र विमल ढुंगाना छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

Advertisement

Advertisement

Advertisement