सामसङ मोबाइलको १५औं सेवा केन्द्र बालाजुको बिजी मलमा

Advertisement

काठमाडौं । नेपालभर १४ वटा सामसङ सेवा केन्द्रहरु भएको आइएमएस केयरले आफ्नो १५औं सेवा केन्द्र बालाजुमा सुरु गरेको छ ।

बालाजुस्थित बिजी मलमा सुरु गरिएको सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसङका कार्यकारी निर्देशक युबियम वोन र आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले गरे ।

कार्यक्रममा बोल्दै आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले भने, “हाम्रा अमुल्य ग्राहकहरुलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापनासँगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्री पछिको सेवा प्रदान गर्नु हो ।”

Advertisement

Advertisement

Advertisement