तरकारी व्यापारी पक्राउको विरोधमा देशभर तरकारी र फलफूल बिक्री नगर्ने महासंघको निर्णय

Advertisement

काठमाडौं । अनुगमनका नाममा सरकारले दुःख दिएको र तरकारी व्यापारीलाई पक्राउ गरेको भन्दै नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले मंगलबारदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा सोमबार बिहान सरकारी टोली अनुगमन गर्न गएपछि व्यापारी र अनुगमन टोलीबीच विवाद हुनुका साथै व्यापारीले अनुगमन टोलीलाई नियन्त्रण गरेर राखेको थियो । उक्त घटनापछि बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव नै नियन्त्रणमा रहेका कर्मचारीलाई छुटाउन प्रहरी बलसहित बजारमा पुगेका थिए ।

प्रहरीले विलविजक नभएको भन्दै जना चालक र तरकारी व्यापारीलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई रिहा गर्नुपर्ने माग राख्दै महासंघले मंगलबारदेखि देशभरका बजारमा फलफूलको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको हो । किसानले उत्पादन गरेको तरकारी सस्तोमा ल्याएर विचौलिया व्यापारीहरुले चर्को नाफा खाई उपभोक्ताहरुलाई बिक्री गर्ने गरेको भन्दै चौतर्फी विरोध भइरहेको बेला सरकारले अनुगमन बढाएको हो ।

महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै किसानको तरकारीमा बील बिजक नभएको अभियोगमा महासंघका महासचिव भरत खतिवडालाई तत्काल रिहा गर्न माग गर्दै तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने घोषणा गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ, ‘किसानले बजारमा बिक्रीका लागि ल्याउने तरकारीको किसान स्वयमले बील जारी गर्ने अवस्था नेपालमा नभएको अवस्थामा किसानको तरकारी र बिक्री गर्ने व्यापारीलाई नियन्त्रणमा लिनु निन्दनिय काम हो ।

Advertisement

Advertisement

Advertisement