पर्यटन वर्ष २०२० लाई सफल पार्न ‘लाइफ टाइम एक्सपेरियन्स’ प्याकेज ल्याइने

visit_nepal_2020

काठमाडौं । पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि संस्कृति, पर्यटन, तथा नागरिक उडयन मन्त्रालय अन्तर्गतको नेपाल पर्यटन बोर्डले कार्यान्वयन प्रक्रिया अगाडी बढाएको छ ।

सोहि अनुरुप गृहकार्य गरी पर्यटन बोर्डले पर्यटक आकर्षित गर्न २० वटा नयाँ प्याकेजहरु ल्याउन लागेको बोर्डका प्रमुख कार्याकारी अधिकृत दीपकराज जोशीले बताए ।

ss-college

विदेशी पर्यटक आकर्षित गर्न ‘लाइफ टाइम एक्सपिरियन्स’ नामका २० वटा प्याकेजहरु सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए । यस्तो प्याकेजमार्फत २० लाख पर्यटक नेपाल भित्र्याउन सकिने र यसका लागि निजी क्षेत्रसँगको सहकार्य शुरु गरिएको पर्यटन बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार पवर्तिय उडान, पर्वतारोहण, ग्रमिण पर्यटन, पदयात्रा, साइक्लिङ,लक्यानेनिङ जस्ता पर्यटकिय गतिविधिहरु उक्त प्याकेजमा समाविष्ट हुने जनाएको छ । अन्तर्राष्ट्रिय पर्यटन बजारमा यस्ता प्याकेजहरुले नेपालको पर्यटन प्रबद्र्धनका लागि मद्धत पुग्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा पर्यटकिय गतिविधिको जानकारी दिन बोर्डले चालु आर्थिक वर्षमा विनियोजित बजेटको २० प्रतिशत भन्दा बढी रकम डिजिटल मार्केटिङमा खर्च गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्षका लागि एक खर्ब रुपियाँभन्दा बढीको बजेट बनाउने भएको छ ।

पर्यटकको आवागमनमा वृद्धिल्याउन नेपाल सरकारले यस अघि सन् १९९८मा र सन् २०११मा पनि यस्तै पर्यटन वर्षको घोषण गरेको थियो । यस्तै सरकारले २०७५ लाई पनि रारा भ्रमण वर्षको घोषणा गरेको छ ।