शहरी विकास कार्यक्रम कार्यान्वयन गर्न गढवा गाउँपालीका छनोट

Advertisement

तुलसीपुर । शहरी विकास मन्त्रालयले तराई–मधेशमा सम्भावित नयाँ शहर बनाउन गढवा गाउँपालिकालाई छनोट गरेको छ।

छनोटसँगै अब गाउँपालिकामा एकीकृत विकास गुरुयोजना सञ्चालन हुने भएको छ। तराई–मधेशमा नेपालका १५ आधुनिक शहर निर्माण गर्ने कार्यक्रममध्ये गढवा छनोट भएको र एकीकृत विकास गुरुयोजना कार्यक्रम लागू भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए। छनोटमा परेलगतै सम्पूर्ण पूर्वाधारबारे गढवा गाउँपालिकामा विज्ञ टोलीसहित सरोकारवालाबीच मङ्गलबार वृहत छलफल सम्पन्न भएको छ।

‘प्राकृतिक स्रोतले भरिपूर्ण पूर्वाधार, सुन्दर गढवा, शिक्षा, पर्यटन र समृद्ध शहरको आधार’ भन्ने मूलनारासमेत तय भएको गाउँपालिकाले जनाएको छ। मन्त्रालयको नयाँ शहर कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकामा पहिलो चरणमा पाँच वर्षे एकीकृत योजना तयार, सम्भाव्यता अध्ययन, प्राविधिक नक्सा, गाउँपालिकाको विवरणयुक्त अभिलेख तयार गरिनेछ।

भिन्दाभिन्दै विश्लेषणात्मक अध्ययनको आधारमा नयाँ शहरको रणनीति बमोजिम गाउँपालिकामा कस्तो ढङ्गको शहरी विकास कार्यक्रम लागू गर्ने भन्ने गुरुयोजना तयार गरिने नयाँ शहर योजनाका परामर्शदाता शहरी योजनाविद् सुमनकुमार कर्णले बताए।

गाउँपालिकाको भौतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, पर्यटन, वित्तीय, वातावरण, प्रकोप व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन गरी नौ वटा क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न दीर्घकालीन गुरुयोजना बनाइने भएको छ।

गाउँपालिकाका सडक सञ्जाल स्तरिकरण, जग्गा विकास कार्यक्रम, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, एकिकृत बस्ती विकास र ल्याण्डफिल साइट व्यवस्थापनलगायतका कार्य गरिने भएको गाउँपालिकाले जनाएको छ। ती कार्य व्यवस्थापन गर्न एउटा मूल र नौ उपसमिति गठन गरिने छ।

अल्पकालीन कार्यक्रम पाँच, मध्यकालीन १० र दीर्घकालीन अन्तर्गत २० वर्षे विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० का गुरुयोजना बनाएर काम गरिने छ। ुपूर्वाधारयुक्त, बसोवास योग्य, रोजगार, सीप तथा क्षमताको विकास, आकर्षक योग्य भौतिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका कार्यक्रम सञ्चालन गरिने छ,ु शहरी योजनाविद् कर्णले भने।

Advertisement

Advertisement

Advertisement