माछापुच्छ्रे बैंक र रियान्ड बिजसर्भबीच वित्तीय साक्षरता कार्यक्रमसम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले यूके एड ‘एक्सेस् टु फाइनान्स’को सहयोगमा सक्षम वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न फिनलिट सँगको संयुक्त सहकार्यमा रियान्डा बिजसर्भ सँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भकातर्फबाट प्रवन्ध निर्देशक भरत रिजाल र फिनलिटकातर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकले तोके बमोजिमका वित्तीय साक्षरता सम्बन्धि सम्पूर्ण कार्यहरु फिनलिट सँगको संयुक्त सहकार्यमा रियान्डा बिजसर्भले गर्ने भएको छ । यस सम्झौताको कार्यन्वन पश्चात नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लाहरुमा बैंकले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

बैंकले उक्त वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सम्बन्धि तालिम, श्रव्य–दृश्य प्रस्तुती, नाटक–कथा मञ्चन, किताब र पढ्ने सामग्रीहरु वितरण, आदि कार्यहरु गरिने जनाएको छ ।

हाल बैंकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु, ९९ वटा एटीएमहरु लगायत २५ शाखा रहित बैंकिङ इकाइहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement