सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन, किनबेच घटेर १५ करोडमा सीमित

Advertisement

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार परिसुचक नेप्से दुई दशमलव ३३ अंकले घटेको छ भने कारोबार रकम पनि घटेर १५ करोड २३ लाख रुपियाँमा सीमित भएको छ । बजार घट्ने क्रमसँगै लगानीकर्ता लगानी गर्न उत्साहित नहुँदा कारोबार पनि निरन्तर ओरालो लागेको छ ।

बैंकको ब्याजदरदेखि सरकारको पुँजीबजारप्रतिको सकारात्मक दृष्टिकोणको अभाव जस्ता कुराहरुले बजारमा सुधारमा सुधार आउन सकेको छैन । आजको कारोबारको शुभारम्भमा दुई अंकले नेप्से बढे पनि पछि क्रमसः घट्दै गएर एक हजार १८१ दशमलव ५६ अंकमा कायम भयो ।

कारोबार घट्दा पनि स्वाबलम्बन लघुवित्त र सिभिल बैंकले करोडभन्दा बढिको कारोबार गरे भने बाँकीको लाखमा मात्रै किनबेच भयो । आज जम्मा १४७ कम्पनीको सेयर किनबेच भयो । जसमा सबैभन्दा बढि नाफा गर्ने गोरखा फाइनान्सको सेयर जम्मा तीन दशमलव ८१ प्रतिशतले बढेको छ भने सबैभन्दा बढि घाटा खाने बरुण हाइड्रोपावरको सेयर दुई दशमलव २३ प्रतिशतले बढेको छ ।

समूहगत कारोबारतर्फ जलविद्युत, वित्त, लघुवित्त र उत्पादनमूलक समूहको सेयरमा सामान्य सुधार छ भने बाँकी समूहको सेयर घटेको छ । जीवन बीमा समूहको सेयर एक प्रतिशतभन्दा बढिले घटे पनि बाँकीको गिरावट भने एक प्रतिशतभन्दा कम छ ।

Advertisement

Advertisement

Advertisement