बैंक अफ काठमाण्डू र यूनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्डू र यूनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंक अफ काठमाण्डूकातर्फबाट बजार व्यवस्थापन प्रमुख रितेश लामिछाने र यूनियन लाइफकातर्फबाट कोषराज सुवेदीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकले आफ्ना ग्राहकहरुलाई यूनियन लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु बेच्ने भएको छ । यूनियन लाइफ इन्स्योरेन्स बीमा क्षेत्रमा पछिल्लो समयमा आएको बीमा कम्पनीहरुमध्ये अग्रणी जीवन बीमा कम्पनी बन्न सफल भएको छ ।

कम्पनीले गत आवमा साढे ८६ करोड रुपियाँको बीमा शुल्क संकलन गर्न सफल भएको छ । मुलुकभरी आफ्नो शाखा विस्तार गर्न शाखा तथा उपशाखा विस्तारलाई कम्पनीले तिव्रता दिएको छ ।

Advertisement

Advertisement

Advertisement