हाँस्दा जागिर चट्

Advertisement

एजेन्सी । आतत्कालीन (इमर्जेन्सी) सेवामा आएको एक कलको क्रममा हाँस्दा ३८ बर्षीय सू हिनेको जागिर गएको छ ।

बेलाएतको एसेक्स पुलिसमा पाँच बर्षदेखि ‘कल ह्यान्डलर’ को रुपमा कार्यरत हिनेले आफ्नो निलम्बन विरुद्ध अपिल गरेकी छन् । एक पुरुषले आपत्कालीन (९९९) नम्बरमा मदिरा सेवन गरेर आफ्नो एक नातेदारको दुर्घटना परेको जानकारी गराएका थिए । सोहि व्रmममा दुवैजना हाँसेका थिए । प्रहरीले कलरसँग हाँस्नुलाई पेसाविपरीतको व्यवहार भएको र उनी उक्त घटनालाई ठिक ढंगले बुझ्न नसकेको ठहर गरेको छ ।

कल कर्ताको फोनमा बोल्ने र उच्चारण गर्ने शैलीले हाँस्न पुगेको हिनेको दाबी छ । उनले फोन गर्नेसँग घुलमिल भएर अत्यधिक सुचना संकलन गर्ने आफ्नो प्रयास रहेको बताएकी छिन् । प्रहरीले भने उनको व्यवहार लापरबाही रहेको बताएको छ । उक्त घटनामा प्रहरीले पछि चालकलाई पक्राउ गरेको हुनाले यो निकै संवेदनशील घटना भएको प्रमाणित भएको थियो

उनको निलम्बन पत्रमा प्रहरीले कलको व्रmममा हाँस्नुलाई पेसा विपरीतको आचरण भएको भनेको छ । प्रहरी प्रवक्ताका अनुसार मानव संसाधन विभागले यसको उचित ढंगले छानविन गरेको र दोषी ठहर भएपछि उनलाई जागिरबाट निकालेको हो । उनले आफु यो फैसलाबाट दुखी भएको र जागिर गुमाउँदा घरसमेत बेच्नुपरेकोे बताएकी छन् ।

Advertisement

Advertisement

Advertisement