आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेज वीरगंजबीच नगद रहित अन्तरंग सेवा सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले नगद रहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजनाका लागि प्रदेशिक तहमा समेत विस्तार गर्ने गरी आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेज वीरगंजबीच सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म नेशनल मेडिकल कलेज वीरगंजबाट नगद रहित अन्तरंग सेवा प्राप्त हुनेछ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सकातर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेज वीरगंजकातर्फबाट निर्देशक अबीदहसन अन्सारीले हस्ताक्षर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement