नेप्से ३.९२ अंकले घट्यो, कारोबार रकममा भने सुधार

Advertisement

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार घट्ने क्रम रोकिएन । सेयर बजार परिसुचक नेप्से आज तीन दशमलव ९२ अंकले घटेर ११७८ दशमलव ५० कायम भयो । बुधबार नेप्से सूचक एक दशमलव ४७ अंकले घटेको थियो ।

नेप्से घटे पनि आज कारोबार रकममा भने सुधार देखिएको छ । बिहीबार एक सय ५९ कम्पनीको २७ करोड ७३ लाख रुपियाँको सेयर किनबेच भयो ।

आजको कारोबारमा विकास बैंक र अन्यबाहेक सबै उपसूचकहरुमा गिरावट भएको छ । उत्पादन समूहको उपसूचक सबैभन्दा बढि ५४ दशमलव ६७ अंकले घट्दा जीवन बीमा समूह र निर्जीवन बीमा समुहको सूचकहरु क्रमशः ३८ दशमलव ६४ र २७ दशमलव ५५ अंकले घटेका छन् ।

त्यसैगरि जलबिद्युत, लघुवित्त, बैंकिङ, होटल, र वित्तिय समूहका सूचकहरु क्रमशः १४ दशमलव ६२, ४ दशमलव ४१, तीन दशमलव ५३, दुई दशमलव ३६ र शून्य दशमलव शून्य ७ अंकले घटेका छन् ।

Advertisement

Advertisement

Advertisement