एक दिनमा कति पानी पिउने ?

Advertisement

एजेन्सी । हामी सबैलाई थाहा छ पानी स्वास्थ्यका लागि आवश्यक छ । पानी पिउनाले शरीरमा भएका विभिन्न रोगहरु निको गर्छ । तर एउटा स्वस्थ व्यक्तिका लागि एक दिनमा कति पानिको आवश्यक पर्छ ?

एक स्वस्थ व्यक्तिमा लगभग पाँच लिटर पानीको आवश्यक पर्छ । एक स्वस्थ व्यक्तिको शरीरबाट हरेक दिन लगभग दुई लिटर पानी पिसाबबाट बाहिरीन्छ , एक लिटर पानी स्वासप्रस्वासको क्रममा बाफ भएर उड्छ ,एक लिटर पानी पसिना भएर निस्कन्छ र एक लिटर पानी दिशाबाट निस्कन्छ । यसरी हिसाब गर्दा दिनमा पाँच लिटर पानी बाहिरीन्छ । वातावरणीय मौसम र दैनिक क्रियाकलापले यसको मात्रामा केही घटबड हुनसक्छ ।

हामिले खाने खानेकुराबाट पनि पानीको मात्रा शरीरमा गहिरहेको हुन्छ जस्तै दुध, जुस, चिया, तरकारी, दाल आदि । तर यो स्वस्थ व्यक्तिको लागि मात्र हो । त्यसैले यि सबै गरेर एक दिनमा हाम्रो शरीरमा ५ लिटर जति  पानी पुग्नुपर्छ ।

Advertisement

Advertisement

Advertisement