सिटी एक्सप्रेस मनी ट्रान्सफर पनि अब एनसीएचएल–आइपीएसमा आवद्ध

Advertisement

काठमाडौं । नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको भुक्तानी पूर्वाधारमा बैंक वित्तीय संस्थाहरुबाहेक गैरबैंकिङ संस्थाहरुलाई समेत आवद्ध गर्ने क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई पनि एनसीएचएल–आपीएसमा अप्रत्यक्ष सदस्यको बिहीबारदेखि कारोबार गर्नेगरी सम्झौता भएको छ ।

नेपालमा हुने भुक्तानी कारोबारहरु अझ सहज र पारदर्शी बनाउने उद्देश्यसहित गैरबैकिङ क्षेत्रबाछ सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अप्रत्यक्ष सदस्य बनाइएको क्लियरिङ हाउसको भनाई छ । सम्झौतापत्रमा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान प्रधान र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे ।

सम्झौताअनुसार क्लियरिङ हाउसले उपलब्ध गराएको एनसीएचएल–आइपीएस प्रणालीमार्पmत सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिटान्स कारोबारहरु हितग्राहीको बैंक खातामा सिधै जम्मा हुनेछ । यसअघि सिटी एक्सप्रेस लगायतका प्रमुख रेमिट्यान्स कम्पनीहरुले आफ्नो बैंक मार्पmत त्यस्ता कारोबारहरु गर्दै आएका थिए भने अप्रत्यक्ष सदस्यको रुपमा रेमिट्यान्स कम्पनीले अब आफै कारोबार गर्न सक्नेछन् ।

यस प्रणालीमा हालसम्म ७८ बैंक वित्तीय संस्थाका चार हजार एकसय बढि शाखाहरु आवद्ध छन् । नेपाल राष्ट्र बैंकले एक लाख माथिको कारोबार बैंक खाताबाट हुनुपर्ने निर्देशन एवं हालै नेपाल सरकारले रेमिट्यान्स कारोबारलाई बैंकिङ च्यानलबाट गराई हुन्डी कारोबार समेतलाई निरुत्साहित गर्ने नीति कार्यान्वयनमा समेत यस प्रणालीको प्रयोगले थप सहयोग गर्ने क्लियरिङ हाउसको भनाई छ ।

Advertisement

Advertisement

Advertisement