बानेश्वर र कोटेश्वरमा पनि ‘अण्डरपास वे’बन्ने

Advertisement

काठमाडौँ । चीन सरकारको सहयोगमा बानेश्वर र कोटेश्वरमा ‘अण्डरपास वे’बनाउने प्रक्रिया अघि बढेको छ ।

सडक विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान गरिसकेको छ । डिजाइनका लागि आवेदन दिएका परामर्शदाता कम्पनीहरुको मुल्याङ्कन भइरहेको र छनोट भएको कम्पनी छ महिनामा अण्डरपासको डिजाइन तयार पार्ने सडक विभाग पुल महाशाखाले जनाएको छ । डिजाइन तयार भएपछि निर्माणको प्रक्रिया अघि बढाउने विभागको तयारी छ । निर्माण थालेको तीन बर्षमा सञ्चालनमा ल्याउने गरि योजना तयार परिएको छ । एउटा अण्डरपास बनाउनका लागि एक अर्व रुपिँया लाग्ने अनुमान गरिएको छ ।

त्यसैगरि उपत्यकाको बानेश्वर, थापाथली, कालिमाटी, जावलाखेल, कोटेश्वर लगायतका स्थानमा ‘ओभरहेड व्रिज’ बनाउन लागिएको विभागले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement