मकालुुले पनि व्यावसायिक उडान सुरु गर्यो, पहिलो गन्तव्य बैंकक

Advertisement

काठमाडौं। नेपाल वायुसेवा निगमको दोस्रो एयरबस ३३० मकालुु ले शुक्रबारबाट नियमित उडान सुरु गरेको छ। मकालुुले पहिलो नियमित उडानको रुपमा विहान १०ः५४ बजे काठमाडौंबाट बैंककको लागि उडेको निगमले जानकारी गराएको छ ।

दुईवटा नयाँ एयरबस अन्नपूर्ण र मकालु उडानका लागि निगमले पूर्ण रुपमा पाइलटको व्यवस्था गरिसकेको छ निगमले जानकारी गराएको छ ।

साउन १० गते ुमकालुु नेपाल भित्रिए पनि पाइलटकै अभावले नियमित उडान सुरु भएको थिएन। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट मकालुुले आठ दिनअघि उडान अनुमति पाएको थियो।
फ्रान्सबाट नेपालमा जहाज ल्याउने कम्पनीकै पाइलटले निगमका चालक दललाई एक महिनासम्म जहाज उडान तथा प्रशिक्षणमा सहयोग गर्ने निगमले जानकारी गराएको छ ।

उडान सुरुको एकदेखि चार महिनाभित्रमा नयाँ एयरबसले दोहा, बैंकक र बैंग्लोरमा उडान भर्ने निगमले जनाएको छ। एयरबसले साताको १४ वटा उडान भर्ने निगमले जानकारी दियो।

अघिपछि उडान भर्दै आएको बैंकक, बैंग्लोर, हङकङ, क्वालालाम्पुरलगायतका क्षेत्रमा जाँदा गाह्रो नहुने हुँदा दुईदेखि चार महिना पुरानै गन्तब्यमा उडान गर्ने योजना रहेको निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले बताए । दशैं अगाडि नै जापान र कोरियामा निगमको जाहाजले उडान भर्ने योजना बनाइएको पनि उनले जानकारी गराए ।

मकालुमा १८ सिट स्रांग्रिला क्लास र २ सय ५६ सिट विजनेश सिट गरी जम्मा २ सय ७४ सिट छन्। दुईवटा एयरबस मध्ये अन्नपूर्ण गत असार १४ गते नेपाल भ्त्र्याइएको थियो भने मकालु गत साउन १० गते भित्र्याएको हो।

Advertisement

Advertisement

Advertisement