नेपाली फिल्ममा सनी लियोनीको आइटम डान्स

Advertisement

काठमाडौँ । पछिल्लो समयमा नेपाली फिल्महरुले खासै उन्नती गर्न नसकेको बेलामा तिस करोडको फिल्म निर्माण हुने भएको छ ।

सम्राट बस्नेतले तिस करोड बजेटमा ‘पासवर्ड’ फिल्म निमार्ण गर्ने भएका छन् । फिल्मको छायांकन आइतबारबाट लन्डनमा सुरु हुदैँछ । बलिउड अभिनेत्री सनी लियोनीले यस फिल्ममा आइटम डान्स गर्ने भएकी छन् । यसका लागि उनले दुई करोड बुझेकी छन् । उनले फिल्मका मुख्य अभिनेता विक्की जोशीसँग स्क्रिन साझेदार गर्नेछिन् । सन्नी यसका लागि केही सातामै लन्डन पुग्नेछिन् । गीतलाई भारतबाटै आउने कोरियोग्राफरसहितको टीमले नृत्य निर्देशन गर्नेछ ।

अमित बस्नेत र हिरल जोशी ‘पासवर्ड’ का निर्माता हुन् । सौरभ लामाको छायांकन हुने फिल्ममा विक्की जोशी, दुई नव(नायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत कलाकार रहेका छन् । आगामी जनवरी २०१९ मा फिल्मलाई नेपाल रिलिज गर्ने लक्ष्य राखिएको छ ।

 

Advertisement

Advertisement

Advertisement