साँग्रिला डेभलपमेन्ट बैंकको सिइओमा सुयोग श्रेष्ठ

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुयोग श्रेष्ठ नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि एस डेभलपमेन्ट बैंकको सिइओ रहेका उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक तथा नयाँ दिल्लीको इन्ष्टिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् ।

सन् २००० मा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेकामा नेपाल इन्भेष्टमेन्ट बैंकमा प्रबन्धक, भिवोर डेभलपमेन्ट बैंकमा वरिष्ठ प्रबन्धक हुँदै २०१० मा तत्कालिन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत भएका थिए ।

Advertisement

Advertisement

Advertisement