विश्व बैंकबाट एक अर्ब ६४ करोडको सहयोग

Advertisement

काठमाडौं । विश्व बैंकले नेपाललाई एक अर्ब ६४ करोड रुपियाँ (अमेरिकी डलर १ करोड ५ लाख) बराबरको ऋण सहयोग प्रदान गर्ने सहमति गरेको छ । विश्व बैंकले नेपालको सार्वजनिक वित्तिय व्यवस्थापन प्रणालीको सबलीकरणका लागि उक्त सहयोग प्रदान गर्ने भएको हो ।

उक्त ऋण सहयोग विश्व बैंकको एकिकृत सार्वजनिक वित्तिय व्यवस्थापन आयोजना अन्तर्गत परिचालन हुन लागेको हो । यो आयोजना बैंकको बहुदाता कोष मार्फत संचालित छ ।

शुक्रबार एक समारोहकाबिच अर्थ मन्त्रालयका सह—सचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कन्ट्री म्यानेजर फरीस एच हडाड—जेरभोसले उक्त सहमतिमा हस्ताक्षर गरेका हुन् ।

बिश्व बैंकको लगानी रहने उक्त आयोजना राष्ट्रिय सार्वजनिक वित्तिय व्यवस्थापन सुधार योजना अन्तर्गत प्राथमिकतामा राखिएको योजना रहेको र यसले संघिय तथा तल्लो तहका सरकार र त्यस अन्तर्गतका निकायहरुको खरिद प्रक्रिया र प्रणलीको प्रभावकारीता बढाउने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement