तीजको अवसरमा ललितपुरमा सुरु भयो महिला उद्यमी मेला

Advertisement

ललितपुर । साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा तीज महोत्सव तथा महिला उद्यमी मेला पुल्चोकमा शुक्रबारदेखि सुरु भएको छ । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष्ँ भवानी राणाले उदघाटन गरिन ।

राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि अर्को तीज मेला सुरु भइसकेको छ ।

हिन्दु नारीहरूको चाड तीजको अवसर पारेर महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्ने उद्देश्यले याक प्यालेसमा आयोजना गरिएको मेला तीन दिनसम्म चल्ने छ ।

मेलामा विभिन्न जिल्लाका साना तथा मझौला व्यवसायी महिलाहरूले आ–आफ्नो उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् । कार्यक्रममा राणाले मुलुकको आर्थिक विकास एक कडीको रूपमा रहेका साना तथा मझौला व्यवसायको विकासका लागि सरकारले सहजरूपमा ऋणको व्यवस्था, बजार पहुँच तथा प्रवद्र्धन र नविनतम तकनिकीमा सहयोग गर्नुपर्ने बताइन ।

यो क्षेत्रलाई विस्तार हुने वातावरण बनाइदिन आवश्यक रहेको भन्दै उनले जसले गर्दा दिगोरूपमा व्यवसाय संचालनमा सहयोग पुग्ने बताइन । उद्यमशीलता प्रवद्र्धनमार्फत मुलुकभित्र रोजगारीको पर्याप्त अवसर सिजना गर्न सकिने राणाले बताइन ।

Advertisement

Advertisement

Advertisement