तेस्रो दिनसम्मको अवस्थामा राम्रो व्यापार गर्दे ‘नाइँ नभन्नू ल ‘५’

Advertisement

काठमाडौँ । शुक्रवारबाट प्रदर्शनमा आएको पनि ‘नाइँ नभन्नू ल-५’ फिल्मले घरेलू बजारमा विशेष बनाएको छ । फिल्मले प्रदर्शनको दुई दिनमा नै करोड ग्रस कलेक्सन गर्न सफल भएको छ । शुक्रवार औसत रहेको फिल्मको व्यापार शनिवार आक्रामक थियो ।

लगातार परेको सार्वजनिक विदाले पनि ‘नाइँ नभन्नू ल-५’ ले पहिलो हप्ताबाटै लगानी सुरक्षित गरेर नाफाको बाटोमा दौडिने संकेत देखाएको छ । फिल्म हेर्ने दर्शकले लोकेसन, छायांकन र कलाकारको अभिनयलाई औधि रुचाएका छन् ।

विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नू ल-५’ मा अनुभव, दीलिप र निरुताका अलावा केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्कालगायतका कलाकारहरुको प्रमुख भूमिका छ । यस फिल्मबाट बाल-कलाकारमा सेड्रिना शर्मा र नव-अभिनेतामा अभिषेक नेपालले डेब्यु गरेका छन् ।

Advertisement

Advertisement

Advertisement