जुम्लामा लगानी प्रवद्र्धन सम्मेलन हुने

Advertisement

काठमाडौं । जुम्लाको औद्योगिक विकासका लागि लगानी जुटाउने उद्देश्यले चन्दननाथ नगरपालिकाले पहिलो पटक लगानी प्रवद्र्धन सम्मेलन गर्ने भएको छ ।

स्वदेशी–विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेका शे–फोक्सुण्डो र रारा ताल नजिक अवस्थित उक्त नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरेर औद्योगिक लगानीका निम्ति आह्वान गरेको हो ।

उक्त नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयमा ‘विकास सामथ्र्यको उजागर’ भन्ने नाराका साथ यही भदौ २९ गते उक्त सम्मेलन हुने नगरप्रमुख कान्तिका सेजुवालले जानकारी दिनुभयो ।

सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलसहित प्रतिष्ठित उद्योगी व्यवसायी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा दातृ निकायका प्रतिनिधि, बैँक तथा वित्तीय संस्थाको प्रतिनिधित्व हुने उनले जानकारी दिए ।

बीस हजार जनसंख्या रहेको नगरपालिकामा क्षेत्र पुग्ने पर्यटकले शे–फोक्सुण्डो तथा रारा ताल, सिन्जा सभ्यता एक दिनको हिँडाइमा भ्रमण गर्न सकिने जानकारी पनि दिइयो । नगरप्रमुख सेजुवालले थपे, ‘अन्य स्थानीय तहलेभन्दा हामीले थोरै कर निर्धारण गरेका छौ । जुम्लामा लगानी गर्नेलाई नगरपालिकाले करमा भारी छुट दिनेछ ।’

Advertisement

Advertisement

Advertisement