जनता बैंकले ल्यायो ‘मेरो तलब खाता’, वार्षिक ७ प्रतिशत व्याज

Advertisement

काठमाडौं । जनता बैंकले श्रमजीवी कर्मचारीलाई लक्षित गरेर ‘मेरो तलब खाता’ संचालनमा ल्याएको छ । सरकारले सबै श्रमजीवी कर्मचारीको पारिश्रमिक बैंक खाता मार्फत भुक्तानी गर्नु पर्ने अनिवार्य गरेसँगै बैंकले उक्त खाता संचालनमा ल्याएको हो ।

बैंकले ल्याएको उक्त खाता मार्फत शुन्य पैसामा खाता खोल्न सकिने, बार्षिक ब्याजमा ७ प्रतिशत पाउने, निशुल्क भिसा डेविडकार्ड, बीमा सुविधा, आश्वा सेवा लगायतका सेवा रहेको बैंकले जानकारी दिएको छ ।

कर्मचारी, श्रमिकको संचयकोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गर्न सकिनेछ । बैंकले हाल १ सय २२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर तथा ७० एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement