नेपालमा सार्वजनिक भयो टीभीएस अपाचे आरटीआर १६० फोरभी, मूल्य दुई लाख ७९ हजार

Advertisement

काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस आरटीआर १६० फोरभी मोडल नेपालमा सार्वजनिक गरेको छ ।

दुई पाङग्रे्रे र तीन पाङग्रे्रे सवारी साधन निर्माता कम्पनी टीभीएसको यो मोटरसाइकल अत्यन्त शक्तिशाली १६० सीसीमा रहेको रहेको भन्दै जगदम्बाले जो अटोमोबाइल क्षेत्रको बेन्चमार्क बन्ने दावी गरेको छ ।

भृकुटीमण्डपमा आयोजना गरियको टीभीएस अपाचे आरटीआर १६० फोरभी बिट्स नामक कार्यक्रममार्फत नयाँ मोटरसाइकल सार्वजानिक गरिएको हो । उक्त सांगीतिक कार्यक्रममा नेपालका प्रसिद्द गायकहरु सुगम पोखरेल, एड्रिन प्रधान, रबिन तामाङ, निरन शाही, हरि महर्जन, निखिल तुलाधर, सरद शाही आदिले प्रस्तुति दिएका थिए ।

चार भल्भ, आयल कुल्ड इन्जिनभयको बेस्ट एनक्लास टीभीएस आरटीआर १६० फोरभी, इण्डियन नेशनल मोटरसाइकल रेसिङ च्याम्पियनशिपको छ पटकको बिजेता भएको जनाइएको छ । टीभीएस अपाचे आरटीआर सिरिज बजारमा ल्यायको १० वर्ष नबित्दै ग्राहकमा अभूतपूर्व रुपमा सफल भएको कम्पनीको भनाई छ ।

टीभीएस आरटीआर १६० फोरभीका र्बोरेटोर भेरिअण्टमा उपलब्ध रहेको छ । एक सय ५९ दशमलव ७ सीसी सिङ्गल सिलिन्डर, चार स्ट्रोक, चार भल्भइन्जिन रहेको उक्त मोटरसाइकल १६ दशमलव ५ पीएस आठ हजार आरपीएममा र १४ दशमलव ८ एनएम छ हजार पाँचसय आरपीएममा रहेको छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ ।

दुई लाख ७९ हजार नौ सय मूल्य कायम गरियको यो मोटरसाइकल रेसिङ रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध छ ।

Advertisement

Advertisement

Advertisement