संवृद्धिको अनुभूति गर्न अझै १२ बर्ष कुर्नुपर्ने ओलीको भनाई, ‘कर्मचारीतन्त्र मुख्य समस्या’

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संवृद्धिको अनुभूति गर्न अझै १२ बर्ष कुर्नुपर्ने बताएका छन् । पत्रिकाका सम्पादकहरुसँग बालुवाटारमा कुरा गर्दै ओलीले संवृद्धिको अनुभूतिका लागि सन् २०३० पर्खनुपर्ने बताएका हुन ।

लामो अस्थिरता र द्धन्द्धबाट गुज्रिएका नेपाली जनता संविधान बनेर दुईतिहाई बहुमतको सरकार बनेसँग आर्थिक विकासले गति लिने आशा लिएको बेला उनीहरुलाई निराश बनाउने गरी अझै १२ बर्ष कुर्नुपर्ने बताएका हुन ।

समृद्धिको सपना पूरा गर्न १२ बर्ष लामो समय धेरै नभएको ओलीको तर्क छ । उनले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सरकारले लामो समय नलिने भन्दै भने, “संयुक्त राष्ट संघले राखेको दिगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौँ ।”

अबको १२ बर्षमा संवृद्धि हासिल गर्न राज्य संयन्त्रलाई चुस्त बनाउनुपर्ने भन्दै ओलीले कर्मचारीतन्त्र पुरातन भएकाले यसलाई सुधार्दै चलायमान बनाउन आफू लागिरहेको बताए । अहिले चर्चामा आएका कतिपय कानुन र विधेयकमा कहीँ कतै कमजोरी भए आवश्यकता र औचित्यका आधारमा संशोधन हुने उनले बताए ।

प्रधानमन्त्री ओलीले आर्थिक विकास र समृद्धिका लागि एउटा प्रभावकारी क्षेत्रीय संगठन चाहिएकाले बिम्स्टेकलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, “बिम्स्टेकका सन्दर्भमा हाम्रो भूमिका कर्मकाण्डी हुँदैन । प्रभावकारी हुन्छ ।”

ओलीले पत्रकारहरुलाई देखेको कुरा र लागेको कुरा लेख्न आग्रह गर्दै जनतालाई निराशा छाउने कुरा नलेख्न सुझाव दिए ।

Advertisement

Advertisement

Advertisement