केएल मोबाइल मेलामा पूरानोसँग ग्यालेक्सी नोट ९ साट्न पाइने

Advertisement

काठमाडौं । चाबहिल चुच्चे पार्टीस्थित केएल टावरमा जारी मोबाइल मेलामा छ मोडलका मोबाइल किन्दा अर्को सित्तैमा पाइने अफरले उपभोक्ताको भीड बढेको आयोजकले जनाएको छ । साथै मेला अवधिभर जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने हबले जनाएको छ ।

पहिलो बार्षिकत्सवको अवसर पारेर सञ्चालन गरिएको मोबाइल मेलामा नौसय ९९ रुपियाँदेखि एक लाख ५९ हजार ९९९ रुपियाँसम्मका विभिन्न ब्राण्डका मोबाइल उपलब्ध छन् । मेलामा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ । अफरभित्र पनि अफरसहित चलिरहेको मोबाइल मेला भदौ १६ गतेसम्म सञ्चालन हुनेछ ।

मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार छ महिना, एक वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाइल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा मोबाइल किन्न सकिने जनाइएको छ ।

एउटा किन्दा अर्को सित्तैमा पाइने योजना २९ हजार ९९९ रुपिया पर्ने लेनोभोको के फाइभ नोट र २० हजार ९९९ रुपियाँ पर्ने जेटिई एस सेभेन किन्दा दुई वटा भिआर बक्स पनि निशुल्क पाइनेछ । त्यैगरी नौ हजार ९९९ रुपियाँ पर्ने जेटीई आइफाईभ प्लस मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । अरु विभिन्न मोडलका मोबाइलमा पनि यो अफर लागू हुने मोबाइल हबले जनाएको छ । नौ हजार ९९९ मा वाई वान गेट वान फ्रि र अरु थप मोबाईलहरु रहेका छन् ।

बिस मेगा पिक्सेलको क्यामेरा तथा चार जिबी रोम र ६४ जिबी रोम तथा ५.५ इञ्चको स्क्रिन भएको एचटिसी डिजायर १० प्रो मोबाइलमा २० प्रतिशत छुटका साथै एउटा भिआर बक्स सित्तैमा पाइनेछ ।

एमआई फाइभ एस प्लसमा ४० प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर पनि उपलब्ध छ । एमआई फोरमा ३५ प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर लागू हुने मोबाइल हबका निर्देशक संगम राईले बताए ।

मोबाइल मेला अवधिमा मोबाइल खरिद गर्ने ग्राहकलाई एफ क्युब सिनेमाको टिकट निःशुल्क प्रदान गर्ने पनि उनले बताए । त्यस्तै विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ ।

केएल मोबाईल हब अवलोकन गर्नेले लक्की ड्रमार्फत हरेक दिन एउटा स्मार्ट फोनसमेत जित्न सक्नेछन् । मोबाइल मेलामा विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइलहरु उपलब्ध छन् ।

Advertisement

Advertisement

Advertisement