नेपाल बङ्गलादेश बैंकद्वारा विद्यालयलाई दुई लाख ७५ हजार सहयोग

Advertisement

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बनेपा नगरपालिका नाला स्थित श्रीष्टीकान्त आधार्भूत विद्यालयलाई २ लाख ७५ हजारको आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैँकको ६३औँ बार्षिकोत्सवको उपलक्ष्यमा प्रदान गरिएको सो रकमबाट विद्यालयले विद्यार्थीहरूका लागि आवश्यक बेन्च र्निमाण गर्ने बैंकले जानकारी गराएको छ ।
एक कार्यक्रमकाबिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले उक्त रकम विद्यालयलाई हस्तान्तरण गरे ।

संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्दै आएको दाबी गरेको छ ।

Advertisement

Advertisement

Advertisement