महालक्ष्मी विकास बैंकले गर्यो ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव

Advertisement

काठमाडौं। महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव गरेको छ। सोमबार बसेको सञ्चालक समिति बैठकले गत बर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांस दिने प्रस्ताब गरेको हो।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाले अनुमोदन गर्ने छ। त्यसपछि लगानीकर्ताले लाभांस पाउने छन्।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रुपैयाँ छ। यसको १५ प्रतिशत लाभांस प्रस्ताव गरिएको हो। विकास बैंकहरुलाई अनिवार्य नगरिए पनि महालक्ष्मीले यसपाली नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड अनुसार वासलात तयार पारेको छ। विकास बैंकलाई अर्को बर्षदेखि मात्र एनएफआरएस अनिवार्य छ।

बैंकले गत आर्थिक बर्ष ५६ करोड रुपैयाँ नाफा गरेको थियो। प्रस्तावित लाभांस राष्ट्र बैंकबाट चाँडै स्वीकृत भएमा असोजभित्र साधारणसभा गर्ने लक्ष्य रहेको बैंकले जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement