एनसीसी बैंक र एनबीआईबीच तालिम सञ्चालनसम्वन्धी सम्झौता

ncc_bank_nbi

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच तालिम कार्यक्रम संचालनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार एनबीआइले एनसीसी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ भने एनसीसी बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

unitednic

सम्झौतापत्रमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्याल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले हस्ताक्षर गरे ।