दूरसञ्चार प्रधिकरणको अध्यक्ष्यमा झा, खनाल र घिमिरेको सिफारिस

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त रहेको अध्यक्ष्य पदपूर्तीका लागि तीन जनाको सिफारिस भएको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले दिगम्बर झा, पुरुषेत्तम खनाल र सुशील घिमिरेलाई अध्यक्ष्य पदका लागि सिफारिस गरेको हो ।

अध्यक्ष्यमा सिफारिस भएकामध्ये दिगम्बर झालाई सरकारले गत असार २० अध्यक्ष्य पदबाट हटाइएको थियो । सरकारले हटाए पनि अध्यक्ष्य पदको दाबी गर्दै उनले आवेदन दिएका हुन् ।

united

त्यस्तै सिफारिसमा परेका पुरुषेत्तम खनाल प्राधिकरणको वरिष्ठ निर्देशक हुन् भने सुशील घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् । घिमिरेले सञ्चार मन्त्रालयको सचिवको रुपमा पनि काम गरिसकेका छन् ।