बिमस्टेक सम्मेलनमा भाग लिन श्रीलंकाका राष्ट्रपति आइपुगे काठमाडौं

Advertisement

काठमाडौं । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन् श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुधबार दिउसो काठमाडौं आइपुगेका छन्।

उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे। म्यानमारका राष्ट्रपति विन माइन्ट मंगलबार नै नेपाल आइसकेका छन् भने अन्य बिम्स्टेक राष्ट्रप्रमुख बुधबार नै आउने कार्यक्रम रहेको छ।

Advertisement

Advertisement

Advertisement