पहिलदेखि नै आलटाल गर्दै आएको चिनियाँ कम्पनी थ्री गर्जेज अन्नतः पश्चिम सेतीबाट बाहिरियो

Advertisement

काठमाडौं । जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि समझदारी गरेर पनि निर्माण अघि बढाउन बर्षौदेखि आलटाल गर्दै आएको चिनियाँ कम्पनी थ्री गर्जेज अन्ततः उक्त आयोजना बाहिरिने निष्कर्षमा पुगेको छ ।

आयोजनाको क्षमता बढाउनुपर्ने र ऋणको भुक्तानीको लागि आकर्षक दरमा अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गर्नुपर्ने शर्तबाट थ्री गर्जेज पछि नहटेपछि लगानी बोर्डसँगको वार्ता विफल भएको हो ।

बोर्ड र थ्री गर्जेजसँगको वार्ता मंगलबार नै करिव नमिल्ने अवस्थामा पुगे पनि बुधबार पुनः बैठक बसी सहमति खोज्ने प्रयास भएको थियो । आजको बैठकमा पनि चिनियाँ कम्पनीले क्षमता घटाएर आयोजना बनाउन नमानेपछि पश्चिम सेतीबाट अब करिव नफर्किनेगरी थ्री गर्जेज बाहिरिएको छ । कम्पनीका प्रतिनिधिहरुसँग लगानी बोर्डसहित विभिन्न मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु सहभागी थिए ।

लगानी बोर्डले अमेरिकी डलरमा उपयुक्त मूल्यमा पीपीए गर्ने तर परियोजनाको क्षमता ७५० बाट घटाएर ६२० मेगावाटमा झार्ने प्रस्ताव गर्दै काम अघि बढाउन आग्रह गरेकोमा थ्री गर्जेजका प्रतिनिधिले नमानेपछि वार्ता विफल भएको हो । उसले प्राविधिक, पुनर्वास लगायतका धेरै विषयका कारण परियोजना वित्तिय रुपमा सम्भाव्य नरहेको तर्क अघि सारेको छ ।

Advertisement

Advertisement

Advertisement