सिटिजन्स बैंकमा करोडौंको सुन अपचलन, केहीलाई पक्राउ गरी अनुसन्धान सुरु

Advertisement

काठमाडौं । सिटिजन्स बैंकको न्यूरोड शाखामा धरौटी राखेको साढे सँत् किलो सुन गायब भएको छ । सुन गायव गर्नेमा बैंककै कर्मचारीदेखि ऋण लिनेसम्मको मिलेमतो देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सुन गायव बनाएको आरोपमा बैँकका कर्मचारीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । सुन धरौटी राखेर ऋणण लिनेले बैंकका कर्मचारीसँग मिलेमतो गरी धरौटी राखेभन्दा बढी तौल बताएर ऋण लिने दिने काम गरेको पाइएको छ ।

ब्युरोका एसपी सानुराम भट्टराईका अनुसार उनीहरुले बैंकमा राखेको सुनसमेत विना जानकारी र अनुमति बिना बैंकबाट झिकेर अपचलन गरेको पाइएको छ । धरौटी राखिएको सुनमा सात किलो चारसय ९७ ग्राम अपुग भएको थियो । यद्यपि यसको थप अनुसन्धान बाँकी रहेकोले अहिले नै धेरै कुरा भन्न नसकिने प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरुबिरुद्ध दुई करोड २८ लाख रुपियाँ बराबरको अनियमितता गरेको अभियोगसहित बैकिङ कसुर मुद्दा चलाइएको छ । प्रहरीले मंगलबार काठमाडौंका विभिन्न स्थानबाट बैंकका वरिष्ठ सुन जाँचकी सामिन शाक्य र सहायक सुन जाँचकी विन्देश शाक्यलाई पक्राउ गरेको छ ।

Advertisement

Advertisement

Advertisement